आफ्नै घरेलु मैदानमा म्यानचेस्टरले अंक बाड्यो

0
245

म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा १० खेलाडीमा सिमित बर्नेमाउथले १–१ गोलको बराबरीमा रोकेको छ।
इङ्लिस प्रिमियर लिगको चौधौं स्थानमा रहेको बर्नेमाउथसँग अंक बाँड्नु परेपछि युनाइटेड लिगको छैटौं स्थानमा झरेको छ।
पछिल्लो ४ खेलमा कुनै अंक नजोडेको भ्रमणकारी बर्नेमाउथका लागि पोलिस गोलरक्षक आर्टुर बोरुक नायक सावित भए। उनले युनाइटेडको आधा दर्जन गोलको अवसरलाई निस्तेज तुल्याएका थिए। अझ, ७१ मिनेटमा जाल्टन इब्राहिमोभिकको पेनाल्टी रोकेपछि बर्नेमाउथले खेललाई नियन्त्रणमा राखेको थियो। इब्राहिमोभिक र टाइरोन मिङ्सको झगडामा परिवर्तन भएको यो खेलमा जोसे माउरिन्होलाई मार्कोस रोजाले २३ मिनेटमा गोलको सफलता दिलाएका थिए। रोजाको प्रिमियर लिगमा ४९ खेलपछि पहिलो गोल थियो। तर, युनाइटेडले लामो समय गोलको खुसियाली मनाउन पाएन्। ४० मिनेटमा फिल जोन्सले डिबक्सभित्र मार्क पुगलाई लडाएपछि बर्नेमाउथले पेनाल्टीको अवसर पाएको थियो। जसलाई जोसुवा किङले गोलमा परिणत गरे। यस खेलमा इब्राहिमोभिकलाई रोक्न बर्नेका टाइरोन मिङ्सले टाउकोले हिर्काएका थिए। त्यसको बदला लिँदै स्विडिस स्ट्राइकरले आफ्नो टोलीले पाएको कर्नर किकमा जम्प गर्ने क्रममा कुहिनोले मिङ्सलाई हिर्काएका थिए।

Advertisements

यो घटनामा अनावश्यक प्रवेश गरेका मिडफिल्डर एन्ड्रयु सुमानले इब्राहिमोभिकलाई धक्का दिए। जसको नतिजा बर्नेले भोग्नु पर्यो। उनी दोस्रो पहेँलो कार्ड पाउदै ४५ मिनेटमा बाहिरिन पुगे। तर, यति हुँदा पनि युनाइटेडले नतिजा निकाल्न सकेन्

 

LEAVE A REPLY