शङ्करापुर नगरपालिकालाई यथावत् राख्न माग गर्दै आमरण अनशन

0
224

काठमाडौँ,  फागुन २२ गते । शङ्करापुर नगरपालिकालाई यथावत् राख्न माग गर्दै आमरण अनशन सुरु भएको छ । स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदमा शङ्करापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेकोप्रति असन्तुष्ट जनाउँदै साँखुका नागरिक अगुवा राजदास श्रेष्ठ  आमरण अनशन बस्नुभएको हो ।

Advertisements

उहाँले ऐतिहासिक सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण साँखुको अस्तित्व मेटाउन खोजिएको भन्दै आमरण अनशनमा बस्नुपरेको बताउनुभयो । उहाँ सक्व सभाहल साँखुमा आमरण अनशन बस्नुभएको छ ।

यसअघि साँखुका बासिन्दाले ‘शङ्खरापुर नगरपालिका बचाऔँ सङ्घर्ष समिति’ गठन गरी साँखु बन्द, रिले अनशनलगायतका कार्यक्रम गरेको भए पनि सुनुवाइ नभएपछि आमरण अनशन बसेका हुन् । रासस

LEAVE A REPLY