अमेरिकामा फेरि भारतीय नागरिकको गोली प्रहार गरी हत्या

0
237

२२ फागुन २०७३,  एजेन्सी

अमेरिकामा फेरि एक भारतीय नागरिकको हत्या भएको छ। वासिङटनको केन्ट सहरमा मास्क लगाएका एक ‘आफ्नो देश फर्क’ भन्दै ४३ वर्षिय हारनिस् पटेल माथि गोली प्रहार गरेका थिए। पटेलले अमेरिकामा व्यवसाय गर्दै आएका थिए।

Advertisements

उनलाई घरको आँगन अगाडी नै गए राती ८ बजे गोली हानिएको थियो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। २२ फ्रेब्रुअरीमा अमेरिकाको केन्सासमा एक भारतीय मुलका इन्जिनियरको हत्या भएको थियो।

उक्त घटनाको एक साता नबित्दै अर्को यस्तै प्रकृतिको घटना भएको हो। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भए सँगै आप्रवासीहरु माथि घृणाको भाव बढेको छ। यसको शिकार भारतीय नागरिक पनि भएका छन्।

LEAVE A REPLY