मोडल अञ्जली लाउरेमा

0
205

काठमाडौं – मोडल अञ्जली लामा चलचित्र लाउरेमा देखिने भएकी छन् । दुर्गिश फिल्मस्को व्यानरमा बन्ने नयाँ चलचित्र लाउरेमा श्रृष्टि श्रेष्ठ र आस्था व्याण्डका गायक नरेन लिम्बु यस अगाडि फाइनल भैसकेका छन् ।
निर्माता सुनिल रावलले मोडल अञ्जली लामा चलचित्रका लागि फाइनल भएको जानकारी दिए ।
निगम श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र लाउरेमा नरेनका अलावा श्रृष्टी श्रेठ, विक्रम सिंह, मेरुना मगर सुमन चित्रकार लगायतका कलाकारहरुको अभिनय रहने छ ।
चलचित्र निर्माणमा सुनिल रावललाई जापानमा व्यवसाय गर्दै आइरहेका सुवास लामिछाने, ईश्वर श्रेष्ठ र तुफान गौचनले सहकार्य गर्नछन् ।
चैत्र १५ देखी छायाँकनमा जाने चलचित्र काठमाडौं, धरान र दाजर्लिङमा छायांकन हुने बताइएको छ ।

Advertisements

LEAVE A REPLY