एसएलसी परीक्षा अवधिभर पिक आवरमा लोडसेडिङ नहुने

0
211

२३ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी एसएलसी  परीक्षाभर देशरभर लोडसेडिङ नगर्ने भएको छ । चैत १ देखि १४ गतेसम्म विहान बेलुकाको पिक आवरमा लोडसेडिङ नगर्ने गरी तयारी अघि बढाइएको हो ।

Advertisements

यसका लागि प्राधिकरणले आन्तरिक तयारी गरिरहेको छ । अहिले काठमाडौं, पोखरा र चितवनमा लोडसेडिङ नभएपनि अन्य ठाउँमा आंशिक लोडसेडिङ छ । माध्यमिक शिक्षा परीक्षामा विद्यार्थीलाई सहज होस् भन्ने उद्देश्यले विहान र बेलुका लाइन नकाट्ने गरी तयारी अघि बढाइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘बिहान र बेलुका परीक्षा अवधिभर लोडसेडिङ नहोस् भनेर हामीले सबैको सहयोगको अपेक्षा गरेका छौं’ प्रवक्ता अधिकारीले भने ।प्राधिकरणले सो अवधिमा विद्युत खपत कम गरेर सहयोग गरिदिन आग्ह गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले होटलहरुलाई चैत १ देखि १४ गतेसम्म बेलुका ६ बजेदेख ९ बजेसम्म जेनेरटर चलाएर कम बिजुली खपत गरिदिन अपील गरेको छ ।

त्यसैगरी घरायसी उपभोक्तालाई पिक अवारमा धेरै बिजुली खपत हुने आइरन, रुम हिटर, इमर्सन हिटर, इन्डक्सन चुल्हो, पानी तान्ने पम्प, एयर कन्डिसनर, गिजर र वासिङ मेसिन नचलाइदिन आग्रह गरेको छ ।त्यसैगरी उद्योगहरुलाई पनि पहिलेकै निर्देशनअनुसार आवश्यक बैकल्पिक ब्यवस्था गरिदिन आग्रह गरिएको छ ।

‘यो परीक्षामा सहभागी विद्यार्थी हुने भविष्यका कर्णधारको महत्वपूर्ण परीक्षा भएकाले प्राधिकरण उनीहरुप्रति निकै संवेदनशील छ’ प्रवक्ता अधिकारीले भने,’हामीले गरेको आग्रहलाई सबैले स्विाकारेर सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’

 

 

 

LEAVE A REPLY