एमालेको सभालाई लक्षित गरि ठुलो परिमाणमा प्रहरी परिचालन

0
230

सप्तरीमा आज हुन लागेको एमालेको सभालाई घ्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १६ सय भन्दा बढी प्रहरी परिचालित गरिएको छ । नेपाल प्रहरीका १२ सय र सशस्त्र प्रहरीका ४ सय भन्दा बढी प्रहरी सप्तरीमा परिचालन गरिएको प्रहरी स्रोतले  जानकारी दिएको छ ।
सप्तरी जिल्ला अन्तर्गत पर्ने राजमार्गका भारदह, कञ्चनपुर र रुपनी लगायतका मुख्य मुख्य स्थानमा गएराति देखि नै प्रहरी परिचालित छ ।
प्रहरीले सुरक्षाका लागि तीन घेरा बनाएको छ( पहिलो र दोस्रो घेरामा नेपाल प्रहरी छन् भने तेस्रो घेरामा सशस्त्र प्रहरी रहने छन्।
एमालेको सभालाई असफल बनाउन मधेसी मोर्चाले आज सप्तरी जिल्लामा चक्का जामको आयोजना गरेको छ भने लाठी जुलुससहित प्रदर्शन गर्ने मोर्चाको कार्यक्रम छ।
‘सडकका भित्रभित्र मोर्चाका कार्यकर्ताले लाठी जुलुस निकाले पनि मुख्य स्थान र सडकमा निकाल्न सकेका छैनन्’, एसपी दिवेस लोहनीले भने।पूर्व(पश्चिम राजमार्गमा फाट्टफुट्ट सवारी साधन चलेका छन्। सवारी साधन तोडफोड गर्ने ५ जनालाई पक्राउ गरिएको डिएसपी दानबहादुर कार्कीले बताए।

Advertisements

‘रूपनी र कञ्चनपुरबाट अवान्छित गतिविधि गर्न खोज्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ,’ डिएसपी कार्कीले भने।एमालेले राजविराज नगर बाहिर पर्ने गजेन्द्र नारायण सिंह औंद्योगिक क्षेत्रमा आमसभा गर्दैछ । एमाले सभा ४ बजेदेखि ५ बजेभित्र सम्पन्न हुने जनाएको छ ।

LEAVE A REPLY