४० हजार म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी

0
206

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा परिचालन गर्न ४० हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।
सुरक्षा निकायलाई सहज हुने गरी परिचालन गर्न निर्वाचन हुनुभन्दा एक महिनाअघि म्यादी प्रहरी भर्ना गर्ने तयारीमा रहेको गृह मन्त्रालयले जनाएको छ ।

Advertisements

म्यादी प्रहरी भर्नासम्बन्धी गृहले तयारी गरिरहेको र यसका विषयमा निर्वाचन आयोगसँग छलफल गरेर निर्णय लिइने मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए ।

गृहका अधिकारीका अनुसार म्यादीमा प्रहरी भर्ना गर्दा  पूर्वसुरक्षाकर्मीलाई विषेश प्राथमिकता दिइनेछ । नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीबाट सेवानिवृत्त भएकाले पहिलो प्राथमिकता पाउनेछन् । दोस्रो प्राथमिकतामा यसअघि विभिन्न निर्वाचनमा म्यादी प्रहरीमा रहेकालाई राखिने गृह मन्त्रालयको तयारी छ ।

LEAVE A REPLY