पोलियो कार्यक्रममा अवरोध खडा गर्नेलाई पक्राउ गर्न गृहको निर्देशन

0
260

काठमाडौं– गृह मन्त्रालयले पोलियो थोपा खुवाउने कार्यक्रमलाई अवरोध गर्नेलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न निर्देशन दिएको छ। मन्त्रालयले आइतबार पोलियो कार्यक्रम सञ्चालन भइरहेका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी स्वास्थ्य संस्थाको ताला खोल्न निर्देशन दिँदै सेवा सञ्चालनमा बाधा व्यवधान गर्नेलाई कारबाही गर्न भनेको हो।

Advertisements

मन्त्रालयले पोलियो थोपा खुवाउने कार्यलाई निर्वाध रुपमा सञ्चालन गर्न आवश्यक सुरक्षा लगायत सहजीकरण गर्न तथा सेवा प्रवाह सुचारु हुने व्यवस्था मिलाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ।

‘तालाबन्दी गर्ने, अवरोध खडा गरी अत्यावश्यक सेवा सञ्चालनमा बाधा व्यवधान गर्ने कार्यमा संलग्न जुनसुकै व्यक्ति, कर्मचारी भए पनि पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने व्यवस्था गर्न आदेशानुसार अनुरोध छ,’ गृह मन्त्रालयका उपसचिव भविश्वर पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

LEAVE A REPLY