सेयर कारोबार उकालोमा

0
227

फाल्गुन २३, २०७३- सेयर बजार परिसूचक नेप्से करिब २५ अंकले बढेर १ हजार ३ सय ५४.३४ विन्दुमा उक्लिएको छ । योसँगै ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन (गत बिहीबार) को तुलनामा कारोबार रकम ४८ प्रतिशतले बढी हो । उक्त दिन ‘अन्य’ बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक उकालो लागेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।

Advertisements

तीमध्ये पनि बिमा समूहको परिसूचक सबैभन्दा बढी ३.८५ प्रतिशतले बढ्यो । कारोबारमा आएका अधिकांश बिमा कम्पनीको सेयर मूल्य बढेपछि यो समूहको परिसूचक उच्च दरले उकालो लागेको हो ।

यस्तै होटल समूहको परिसूचक २.७१, बैंकिङको १.८३, विकास बैंकको १.७२, वित्त कम्पनीको १.१६, जलविद्युत्को १.१२ र उत्पादन तथा प्रशोधनको १.०१ प्रतिशतले उकालो लागे । तर, ‘अन्य’ समूहको परिसूचक ०.०४ प्रतिशतले ऋणात्मक रह्यो ।

‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सिेटिभ परिसूचक १.९५ प्रतिशतले र कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ फ्लोट परिसूचक १.९३ प्रतिशतले बढे । करिब ५ हजार कारोबारबाट १ सय ४१ कम्पनीका ११ लाख ८५ हजार ४ सय ८५ कित्ता सेयर किनबेच भए । योसँगै सेयर बजारको आकार (बजार पुँजीकरण) १५ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ ।

 

LEAVE A REPLY