सप्तरीमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप , एकको मृत्यु

0
245

एमालेको मेची-महाकाली अभियान अन्तर्गत सप्तरीमा आयोजित कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको हो। अन्दाजी १८-१९ वर्षका मेहताको टाउकोमा गोली लागेको थियो।

Advertisements

गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा आयोजिक सभामा बरिष्ठ नेता माधव कुमार नेपाल बोलिरहेकै समयमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो।

मोर्चाका कार्यकर्ताले प्रहरी र एमाले कार्यक्रमस्थलमा लक्षित ढुंगा प्रहार गर्न नछाडेपछि प्रहरीले जवाफ कारबाही गरेको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले जानकारी दिए। ‘प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ। केही कार्यकर्ता घाइतेसमेत भएका छन्,अहिले पनि स्थिति तनावग्रस्त छ।’ एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए।

LEAVE A REPLY