प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा ४ को मृत्यु

0
284

२३ फागुन, राजविराज । नेकपा एमालेको मेची–महाकाली अभियान अवरुद्ध भएको छ । मोर्चाले एमालेको सभास्थलमा आगजनी गरेपछि प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परि मोर्चाका ४  कार्यकर्ताको मृत्यु भएको छ भने तीनको अवस्था गम्भीर बनेको छ ।बिहानै देखि आक्रामक रुपमा देखिएका मधेशी मोर्चाले एमालेको सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा सभा हुनुपूर्व देखि नै विरोध र अवरोध सिर्जना गर्दै आएका थिए । विभिन्न अवरोधका बीच प्रहरीहरुको उच्च सुरक्षामा एमालेले सप्तरीको सभा सुरु गरेको थियो ।

Advertisements

सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ-४ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । उनलाई एमालेको कार्यक्रम स्थलबाट करिव १०० मिटर पर गोली लागेको थियो र उनको घटनास्थलमै मृत्यु भएको छ ।यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।मण्डलको भने धरान पुर्‍याए लगतै निधन भएको छ । यस्तै प्रसवनीका आनन्दप्रसाद साहको उपचारको क्रममा मृत्यु भएको छ । धरानमा ७ जनाको उपचार भइरहेको छ ।

LEAVE A REPLY