मुलुकका कुनै पनि भूभागमा जानबाट एमालेलाई कसैले रोक्न सक्दैन

0
251

सुनसरी  फागुन २४ गते ।,एमाले अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचन सिंगो राष्ट्र र नेपाली जनताको माग भएको बताएका छन् । मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन हिजो मोरङको विराटचोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन कुनै एक पार्टीको मात्र नभएको बताए । ‘यो चुनाव प्रचार अभियान होइन, भ्रम तोड्न राष्ट्रिय अभियान चलाएका छौँ । हामीले मधेसमा संविधानबारे बोल्यौँ भने आफ्नो भ्रमको खेती सकिन्छ भनेर अवरोध खडा गर्न खोजिएको छ । तर, एमालेलाई मुलुकका कुनै पनि भूभागमा जानबाट कसैले रोक्न सक्दैन,’ उनले भने । नेपाली जनताले आफ्ना लागि आफैँ संविधान बनाएकाले अरू कसैले चिन्ता गर्नु नपर्ने ओलीको भनाइ थियो । एमाले सत्ताका लागि आफ्ना मान्यतालाई तिलाञ्जली दिने पार्टी नभएको उनले बताए ।

Advertisements

LEAVE A REPLY