इजरायल पठाउन आवेदन खुला

0
223

फागुन २४ गते काठमाडौँ।इजरायलमा ६० नेपाली केअरगिभर लान प्रक्रिया अघि बढेको छ। करिब ९ वर्ष रोकिएर केहीअघि मात्र ‘केअरगिभर’ लान थालिएको इजरायलमा दोस्रो समूह लान आवेदन खुला गरिएको छ। यसअघि असोजमा ६० नेपाली केअरगिभर इजरायल गएका थिए। वार्षिक १ हजारभन्दा बढी नेपालीलाई केअरगिभरका रूपमा रोजगारी दिने इजरायलले बताउँदै आएको छ। हाल त्यहाँ ६ हजार नेपाली केअरगिभरका रूपमा कार्यरत छन्। यीमध्ये ८० प्रतिशत महिला छन्।

Advertisements

LEAVE A REPLY