‘कथा काठमाण्डौ’ मा प्रियंका र आशिरमान

0
410

लामो समय टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा परिचित र सक्रिय संगीता श्रेष्ठले फिल्म निर्देशन गर्ने भएकी छन्। म्यूजिक भिडियो, छोटा फिल्मको निर्देशन गरिसकेपछि संगीताले ‘कथा काठमाण्डु’बाट फिचर फिल्ममा डेब्यू गर्न लागेकी हुन्।

Advertisements

आइतबार फिल्मको घोषणा गरिएको हो। फिल्मले ३ फरक कथा फिल्माम अटाउनेछ।

फिल्ममा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या थापा, संजोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहनेछ।

‘फिल्ममा ३ फरक–फरक कथालाई जोडेर एउटा फिल्म निर्माण गरिनेछ । संभवत नेपाली फिल्ममा यस्तो प्रयोग भएको छैन । ३ फरक–फरक फिल्म भित्रका कथालाई मिलाएर फिल्म निर्माण हुनेछ’, संगीताले भनिन्, ‘३ फरक–फरक कथा भएपनि सबै कथाका पात्रसँग एक अर्काको कनेक्शन हुनेछ।’

फिल्मले प्रेमकथा भन्नेछ।

यस्तै नायिका प्रियंका कार्कीले आफूले एउटा चुनौतीपूर्ण भूमिका निर्वाहा गर्दैछु निर्वाह गर्न लागेको बताइन भने नायक आयुष्मान देशराज जोशीले राम्रो कथामा आफू जहिले पनि उत्साहित हुने भन्दै फिल्म खेल्नका लागि १० लाख पारिश्रमिक मागेको कुरालाई हल्ला मात्र भएको स्पष्ट पारे।

आहाना फिल्मस्को प्रस्तुतीमा निर्माण हुन लागेको फिल्म बुधबारबाट फ्लोरमा जानेछ। विजय राईको निर्माण रहने फिल्ममा लुजाओ विन्ङको छायाँकन रहनेछ।

निर्देशक श्रेष्ठका अनुसार, फिल्मको छायाँकन विभिन्न चरणमा हुनेछ।

LEAVE A REPLY