दलीय होडबाजीको मारमा नेपाली जनता !!!

0
513

 

नेकपा एमालेद्वारा यसै साता प्रारम्भ गरिएको मेची–महाकाली अभियानको केही दिन पनि बित्न नपाउँदै तीन जना आम नागरिकको मृत्यु हुनु पक्कै पनि साधारण विषय होइन । यो गम्भिर परिस्थितीको बरु दुईवटा मात्रै कारण हुनसक्छन् ः नेकपा एमालेको विना योजना थालिएको असान्दर्भिक अभियान अथवा मधेसी मोर्चाको अनावश्यक हस्ताक्षेप । मूलतः जे जसो भएता पनि तीनजना निर्दोष नेपाली नागरिक मारिनु दलीय हाडबाजीको नै पराकाष्ठ देखिन्छ ।

Advertisements

आन्दोलनको नाउँमा पटक– पटक नेपाली जनताहरुले अग्नि परीक्षा नदिएका पनि होइनन् । वि.सं. २००७ सालको राणा विरोधी आन्दोलन, वि.सं. २०१७ साल पछिको पञ्चायति व्यवस्था विरुद्वको अभियान, वि.सं. २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनाको लागि भएको आन्दोलन, वि.सं. २०५२ देखि सर्वहारा वर्गको नाममा थालिएको क्रान्ति हुँदै वि.सं. २०६२÷ ६३ मा राजसंस्था विरोधीको विगुल फुक्दै आएका नेपाली जनताहरु कहिलेसम्म राजनैतिक बुद्वि चालको गोटि बन्नुपर्ने हो अनि कहिलेसम्म एउटा न एउटा बाहनामा सहीदको पुस्तिकामा नाँउ लेखाउनुपर्ने हो भन्ने आम नागरिकका प्रश्नहरु उत्तर दिने निकाय पनि कतै छैन जस्तो बनाइदिएको छ समसामयिक माहोलले ।

अतः दलीय होडबाजीले चरम उत्कर्ष पार गरिरहँदा नेपाली जनतालाई एउटा प्रस्ट कार्यदिशा चाहिएको छ । किनकि यो समयसम्म आइपुग्दा नेपाली जनतामाझ आफ्ना शाासकका चरित्र उजागर भइसकेका छन् । यदि यसैगरी नेपाली जनाताहरु अनिर्णयको बन्दी हुँदै जाने हो भने अबको निर्णायक आन्दोलन पुनः एकपटक जनताले नै गर्नुपर्ने देखिन्छ ।

LEAVE A REPLY