काँग्रेस‘पौडेल पक्षीय भेला प्रकाशमान निवासमा सम्पन्न, राजनीतिक सङ्कट समाधानका लागि काँग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्छ’

0
390

काठमाडौँ, २४ फागुन । मुलुकमा देखिएको राजनीतिक सङ्कट समाधानका लागि नेपाली काँग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने नेपाली काँग्रेसका नेताहरुले बताएका छन् । संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, पार्टीको पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागलाई पूर्णतालगायतमा पार्टी सुस्तता देखाएको भन्दै काँग्रेस ‘पौडेल पक्षीय नेताहरुले आपत्ती जनाएका हुन् । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठकले राजनीतिक सङ्कट भएको बेलामा पार्टी अनिर्णयको बन्दि बस्नु दुःखद कुरा भएको भन्दै छलफलका लागि पार्टी केन्द्रीय समितिको बैठक बोलाउन माग गरिएको पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिनुभयो । बैठकमा हिजो सप्तरीमा भएको घटनाले मुलुकमा झन् राजनीतिक अस्थिरता कायाम गरेको भन्दै ठूलो दलको हिसाबले नेपाली काँग्रेसले समन्वयकारी भूमिका खेल्नुपर्ने नित्कर्ष निकालेको केसीले बताउनुभयो । बैठकले सप्तरी घटनापछि सबै पक्ष सम्यम् हुन आग्रह समेत गरेको छ । बैठकमा नेता दिलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुङ्गाना, डा मीनेन्द्र रिजाल, महेश आचार्य, डा नारायण खड्का, गोविन्द भट्टराई गुरुराज घिमिरेलगायत डेढ दर्जन केन्द्रीय सदस्यको सहभागिता रहेको थियो ।

Advertisements

LEAVE A REPLY