सप्तरी प्रशासनमा ब्यापक फेरबदल

0
259

२४ फागुन, काठमाडौं । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा कृष्णबहादुर कटवाललाई पठाएको छ ।अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । त्यस्तै सप्तरी प्रहरी प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ ।

Advertisements

यसअघि बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई फिर्ता बोलाएको थियो ।सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको मन्त्रालयका प्रवक्ता पन्थीले बताए ।

 

LEAVE A REPLY