बजारमा नराम्रोसँग फ्लप भएका एप्पलका केही उत्पादन हरु

0
248

बितेको दशकदेखि ग्याजेटको दुनियाँमा एप्पलको राज कायमै छ । तर के तपाइँलाई थाहा छ ? यो दिग्गज कम्पनी पनि कैयन् पटक असफल भएको छ । एप्पलका कैयन् प्रडक्ट यस्ता पनि थिए जसले बजारमै नराम्रोसँग धुलाई भेटे र असफल भएर लोप भए । नराम्रोसँग फ्लप भएका एप्पलका केही प्रडक्ट यस्ता छन्-

Advertisements

. क्विकटेक १००

झण्डै २० वर्ष पहिले एप्पलले कोड्याक कम्पनीसँग मिलेर विश्वकै पहिलो कन्जुमर डिजिटल क्यामरा लन्च गरेको थियो । तर त्यो बजारमा सफल हुन सकेन ।

. एप्पल ग्राफिक ट्याबलेट

एप्पलले ग्राफिक ट्याबलेट ल्याएर एक समय डिजिटल ड्रइंगको क्षेत्रमा क्रान्ति ल्याएको थियो । तर कम्पनीको यो स्टाइलस रेडियो फ्रिक्वेन्सीबाट आउने समस्याको सिकार भयो र अन्ततः बन्द भयो ।

. आइपड सक्स

कुनै समय आइपड कूल तथा स्टाटस सिम्बोलयुक्त ग्याजेट थियो । एप्पलले आइपडका लागि सक्स अर्थात् आइपड राख्ने मोजा बनाएको थिया । आइपडको कन्तुर अर्थात् आइपड सक्सले मानिसहरुबीच चर्चा त कमायो तर धेरै समयसम्म हिट भइरहन सकेन । यसको बिक्रि सन् २००४ देखि २०१२ सम्म चल्यो र पछि बन्द भयो ।

. एप्पल पिपिन

जब प्लेस्टेशनले धूम मच्चाइरहेको थियो र माइक्रोसफ्टले पहिलो एक्स बक्स लञ्च गरेको थियो तब एप्पलले पिपिन ल्यायो । एप्पलले बनाएको यो गेमिंग मेसिन १ लाखमध्ये केबल ४२ हजार मात्र बिक्यो र नराम्रोसँग फ्लप भयो ।

. म्याकिन्टोस टिभी

टेलिभिजन उद्योगमा एप्पल प्रवेश गर्ने अफवाह समय समयमा आउँछन् । तर धेरैलाई थाहा नहुन सक्छ की एप्पल एकपटक टेलिभिजन उद्योगमा हात हालेर फ्लप भैसकेको खेलाडि हो । धेरै वर्षअघि नै एप्पलले म्याकिन्टोस टिभी लञ्च गरेको थियो र ऊ यसमा नराम्रोसँग फ्लप भयो । एजेन्सीको सहयोगमा

LEAVE A REPLY