एमाले नेताहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकबिरुद्ध मुद्दा दायर गरिदै

0
236

२५ फागुन, सप्तरी जिल्लाका कानुन व्यवसायीहरुले राजविराज घटनालाई लिएर एमाले शीर्ष नेताहरुविरुद्ध मुद्दा हाल्ने निर्णय गरेका छन् एमालेको मेची महाकाली अभियान विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको थियो घटनामा सप्तरी बार एशोसिएसनका कोषाध्यक्ष दिगम्बर यादव पनि घाइते भएका छन् उनको पेटमा गोली लागेको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको

Advertisements

उच्च अदालत जनकपुरको इजलास राजविराज बार सप्तरी जिल्ला वार इकाईको संयुक्त बैठकले एमाले नेतासहित तत्त्कालिन प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना, प्रहरी प्रमुख एसपी दिवेश लोहनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको

उच्च अदालत जनकपुरको इजलास राजविराज बारका अध्यक्ष विजय यादवले एमाले नेताहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकबिरुद्ध बिहीबार मुद्दा दायर गरिने बताए एमाले नेता, प्रमुख जिल्ला अधिकारी प्रहरी उपरीक्षकको सहभागितामा गोली काण्ड भएको जिकिर गर्दै उनीहरुबिरुद्ध अंगभंग कर्तव्य ज्यान मुद्दा हाल्ने बैठकको निर्णय

प्रमुख जिल्ला अधिकारी प्रहरी उपरीक्षकसहित अभियान अन्तर्गतत सप्तरी आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधव नेपाल झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु सत्यनारायण मण्डल, सुमनराज प्याकुरेल, दिवाकर देबकोटाबिरुद्ध मुद्दा दर्ता गर्ने उनीहरुको तयारी

कानुन व्यवसायीहरुले एकल इजलासबाट सुनुवाई हुने रिट निवेदनको काम, बन्दी प्रत्यक्षीकरण थुनछेकको आदेश तथा मुद्दाको अन्तिम हदम्यादका लिखत दर्ताबाहेकका काम स्थगित गर्ने निर्णय पनि गरेका छन्

बैठकले घटनाको छानबिनका लागि उच्च अदालत जनकपुरको इजलास राजविराज बार अध्यक्ष यादवको संयोजकत्वमा समिति गठन गरेको समिति सहसंयोजकमा सप्तरी जिल्ला बार इकाईका अध्यक्ष रामप्रसाद चौधरी छन् भने डा. अशोकानन्द मिश्र, अधिबक्ताहरु श्यामनारायण साह लगायत सदस्य छन्

LEAVE A REPLY