अन्तर्राष्ट्रिय महिला दिवसमा संस्था र व्यक्ति सम्मानित

0
271

पोखरा, फागुन २५ गते । एकसय साताँैं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्षमा आज यहाँ केही स्थानीय संस्था र व्यक्ति सम्मानित भएका छन् ।

Advertisements

महिलाको सशक्तिकरणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै कोपिला नेपाल, ज्योति महिला विकास तथा बचत सहकारी संस्था, सक्रिय महिला विकास बचत तथा ऋण सहकारी संस्था र व्यक्तितर्पm दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक राधा कुँवरलाई सम्मान गरिएको हो ।“महिला सम्मानको आधार, सीपयुक्त हात” मूलनाराका साथ १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस मूलसमारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा महिला सांसदद्वय शारदा पौडेल र सीता गिरी ओलीले सो सम्मान गर्नुभएको थियो ।

मूलसमारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसदद्वय पौडेल र गिरी, नेकपा एमालेका अध्यक्ष कृष्ण थापा, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तारा अधिकारी लगायतले महिला अधिकारका विविध विषयमा चर्चा गर्नुभएको थियो ।यसअघि पोखराको सिर्जनाचोकबाट सुरु भएको ¥याली रत्नचोक, राष्ट्रबैंक चोक हुँदै जिल्ला विकास समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । रासस

LEAVE A REPLY