अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

0
225

काठमाडौं । आज १ सय ७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाइयो । दिवसका अवसरमा सरकारी तथा गैह्रसरकारी क्षेत्रबाट बिभिन्न कार्यक्रमहरु आअन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिभिन्न सरकारी तथा गैह्रसरकारी क्षेत्रका महिला अधिकारकर्मीहरुले काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरेका हुन् । महिला अधिकारको पक्षमा लेखिएका ब्यानर र प्लेकार्डसहित भृकुटीमण्डपबाट सुरु भएको ¥याली बिभिन्न ठाउँको परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।त्यस्तै, दिवसको अवसरमा काठमाडौंका अन्य स्थानहरुमा पनि कार्यक्रमहरु गरिएका छन् । कार्यक्रमका सहभागीहरुले महिला सहभागिता, महिला हिंसा अन्त्य अन्त्यलगायतका विषयमा दिवसले महत्वपूर्ण सन्देश दिनसक्ने विश्वास व्यक्त गरेका छन् ।हरेक वर्ष मार्च ८ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो । दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना पनि व्यक्त गरेका छन् ।योजना गरियो ।

Advertisements

LEAVE A REPLY