मन्त्रीहरुको घरभाडा र इन्धनमा मात्रै ८८ करोड २९ लाख खर्च

0
230

फाल्गुन २६  , २०७३-पत्रपत्रीकाबाट-काठमाडौँ, सरकारी ढुकुटीबाट घर भाडावापत मासिक साढे १६ करोड रुपैयाँ खर्च हुने गरेको छ । सबै सरकारी कार्यालयको आफ्नै भवन नहुँदा घर भाडामा मासिक १६ करोड ५३ लाख २१ हजार रुपैयाँ खर्च हुने गरेको हो ।चालु आर्थिक वर्षको पुस मसान्तसम्म घर भाडा शिर्षकमा सरकारी ढुकुटीबाट ९९ करोड १९ लाख २९ हजार रुपैयाँ खर्च भएको छ ।

Advertisements

यो रकम गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा १ करोड ८१ लाख १३ हजार रुपैयाँले बढी हो । सरकारका धेरैजसो विभाग र कार्यालयहरु भाडाको घरमा सञ्चालन हुँदै आएका छन् ।त्यहि कारण भाडामा वर्षेनि ठूलो धनराशी खर्च हुने गरेको हो । सरकारले घरभाडाका लागि चालु आर्थिक वर्ष १ अर्ब ८६ करोड ३१ लाख ७२ हजार रुपैयाँ बजेट छुट्याएको छ । यो रकम गत आर्थिक वर्षको भन्दा २० करोड रुपैयाँले बढी हो । कारोबार दैनिकमा खबर छ ।

सरकारले बजेटमा गरेको व्यवस्थाले सरकारी कार्यालयहरुले वर्षमा १२ प्रतिशतभन्दा धेरैका दरले घरभाडा तिर्ने गरेको देखिएको छ । सरकारी ढुकुटीबाट अन्य भाडाका नाममा पनि ६ महिनाको अवधिमा २ करोड १३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।सरकारी कार्यालयहरुले पानी र बिजुलीवापत पुस मसान्तसम्म ५२ करोड ४१ लाख ६२ हजार रुपैयाँ खर्च गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको भन्दा १२ करोड २९ लाख ३२ हजार रुपैयाँले बढी हो ।

यस्तै, मन्त्री र कर्मचारीले इन्धनका नाममा चालु आवको पहिलो ६ महिनामा ८८ करोड २९ लाख ४७ हजार रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयको तथ्यांकले इन्धन खर्च गत आवको पहिलो ६ महिनाको तुलनामा १३ करोड ८६ लाख बढी खर्च भएको देखाएको छ ।

LEAVE A REPLY