भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानेर एक नेपाली को हत्या

0
205

२६ फागुन, कञ्चनपुर कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्याइएको थियो तर, चिकित्सकले मृत घोषणा गरेका छन् ।आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ

Advertisements

एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए ।त्यसक्रममा नेपाली भारतीयबीच झडप भएको थियो ।आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो यो विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए

LEAVE A REPLY