जाजरकोटमा बस दुर्घटना २० जनाको मृत्यु , दर्जनौं घाइते

0
180

२६ फागुन, जाजरकोट । जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । बसमा करिब ५० जना यात्रु सवार थिए ।जाजरकोटका प्रमुख जिल्ला  अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या २० भन्दा बढी छ । दर्जनौं घाइते भएका मध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरुलाई उपचारका लागि सेनाको हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौं पठाइएको छ ।

Advertisements

बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो ।दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका थिए ।एक जना प्रत्यक्ष दर्शी का अनुसार दुर्घटनास्थल सदरमुकाम भन्दा ३/४ किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ । बोहोरा गाउँको तल्लो मोहोडाको भीरबाट बस पासागाड खोलामा खसेको छ ।बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ हुन गई ओरालो घुम्तीमा अनियन्त्रित भएको उनले  बताए ।

 

 

LEAVE A REPLY