निर्वाचनको अनुशासन तोड्ने कांग्रेस नेतालाई कडा कारवाही गर्ने देउवाले दिए चेतावनी

0
298

कास्की–नेपाली कांग्रेसका साभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले निर्वाचनको अनुशासन तोड्ने कांग्रेस नेतालाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।नेपाली कांग्रेस पोखरा नगर सम्मेलनको विहीवार उद्घाटन गर्दै सभापति देउवाले यस्तो चेतावनी दिएका हुन् । ‘निर्वाचनको रुल र रेगुलेशन मान्नु नेता तथा कार्यकर्ताको धर्म हो तर जसले उलंघन गर्दछ ऊ कारवाहीको भागीदार हुन्छ’ सभापति देउवाले भने ।उनले स्थानीय तहको निर्वाचन जसरी पनि हुने भएकोले चुनाव हुँदैन भन्ने आशंका नगर्न पनि कार्यकर्तालाई सुझाव दिए ।निर्वाचनमा जित्ने नेतालाई नै पार्टीले उमेद्वार वनाउने भन्दै देउवाले पार्टीेले हार्ने खालको नेतालाई उमेद्वार नवनाउने भन्दै ढुक्क हुन आगै्रह पनि गरे ।पार्टीको नियम विपरित चल्ने र पार्टीले यसोगरो उसोगरो भनेर टिका टिप्पणी गर्ने प्रवृति मौलाएको भन्दै उनले नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा देशभरी विजय हाँसिल गर्ने दावी समेत गरे ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, नेपाल विद्यार्थी संघका अध्यक्ष नयनसिंह महरले कार्यकर्तालाई चुनावप्रति केन्द्रीत हुन आग्रह गरे ।सो अवसरमा नगरसमितिले नेपाल पत्रकार महासंघ कास्कीमा निर्वाचित प्रजातान्त्रिक पत्रकार तथा कास्कीमा नेविसंघको तर्फवाट स्ववियु निर्वाचनमा विजयी पदाधिकारीहरलाई सम्मान गररेको थियो ।

Advertisements

LEAVE A REPLY