वैशाखबाट मिर्गौला प्रत्यारोपण निःशुल्क :मन्त्री थापा

0
436

फाल्गुन २७ , २०७३-पत्रपत्रीकाबाट-काठमाडौं- स्वास्थ्य मन्त्री गगन थापाले आगामी बैशाख १ गतेदेखि सरकारी अस्पतालहरुबाट मिर्गौला प्रत्यारोपण सेवा निःशुल्क गर्ने बताएका छन्। विश्व मिर्गौला दिवसका अवसरमा नेपाल किड्नी फाउन्डेसन र पाटन प्याथल्यावले संयुक्त आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्न तयारी अगाडि बढाएको बताएका हुन्।

Advertisements

‘निःशुल्क प्रत्यारोपणका लागि मन्त्रालयबाट निर्णय भइसकेको छ,’ मन्त्री थापाले भने, ‘आवश्यक तयारी गरेर आगामी वैशाख १ गतेबाट यसको औपचारिक थालनी हुनेछ।’ स्वास्थ्यमन्त्री थापाले मिर्गौला फेल भएका धेरै बिरामीले आर्थिक अवस्था कमजोर भएकै कारण प्रत्यारोपणमा जान नसकेको भन्दै त्यसको अन्त्यका लागि निःशुल्क सेवा सुरु गर्ने निर्णय गरिएको बताए।

सरकारले हाल मिर्गौला रोगीहरुका लागि डायलाइसिस सेवा पूर्ण निःशुल्क गरेको छ। डायलाइसिस निःशुल्क गरे पनि प्रत्यारोपणमा चर्को शुल्क लाग्ने हुँदा विपन्न रोगीले लामो समयसम्म डायलसिसको भरमा जीवन धान्नुपर्ने वाध्यता छ। तर, प्रत्यारोपण निःशुल्क भएपछि यस्तो वाध्यता हट्ने मन्त्री थापाले जानकारी दिए। उनले प्रत्यारोपण निःशुल्क गरेपछि सरकराले मिर्गौलारोगको उपचारमा भन्दा पनि रोकथाममा विशेष ध्यान दिने जानकारी दिए। ‘मिर्गौला फेल हुने अवस्था आउनै नदिन चेतनामूलक कार्यक्रम र मिर्गौला परीक्षण सेवा गाँउगाउँमा विस्तार गरिनेछ,’ उनले भने, ‘स्वास्थ्य संस्थाको क्षमता बढाएर पनि परीक्षण तथा खोजपडताल गर्ने कार्यक्रमलाई विस्तार गरिनेछ।’

मन्त्री थापाका अनुसार प्रत्यारोपणपछि आजीवन औषधि खानुपर्ने भएकाले त्यस्तो औषधिसमेत सुलभ र सहज बनाउने तयारी भइरहेको छ। नेपालमा हाल प्रत्येक वर्ष तीन हजारको मिर्गौला फेल हुने गरेको अनुमान छ। गत वर्ष दुई सय २२ ले स्वदेश र विदेशमा गरी मिर्गौला प्रत्यारोपण गराएको तथ्यांक छ। हाल देशभरका २१ अस्पतालमा दुई सय एक डायलाइजर मेसिनबाट एक हजार ९ सय ३० जनाले डायलाइसिस गराइरहेका छन्।स्वास्थखबर पत्रीका बाट

LEAVE A REPLY