आइतबारदेखि देशमा नयाँ संरचना

0
213

२७ फागुन २०७३-पत्रपत्रीकाबाट -,नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ । सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन्। नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपलिका र नगरपालिका) हुनेछन्।  संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारीलाई बिहीबार निर्देशन दिएको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रीपरिषद्बाट पारित स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशन हुने अन्तिम चरणमा रहेको बताएका छन् । – नागरिक दैनिकमा खबर छ ।

Advertisements

LEAVE A REPLY