गाविस संरचना भंग, ७४४ स्थानीय तह कार्यान्वयनमा

0
924

काठमाडौं :  स्थानीय तहको नयाँ संरचना शुक्रबार राजपत्रमा प्रकाशित भएसँगै पुरानो गाविसको संरचना भंग भएको छ । नयाँ संरचना राजपत्रमा प्रकाशित भएसँगै स्थानीय निकाय भंग भई देशभर ७४४ स्थानीय तह लागु भएको हो ।

Advertisements

शुक्रबार मन्त्रालयको पदभार ग्रहण गरेलगत्तै पत्रकार सम्मेलन गरेर उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले नयाँ संरचना लागु भएको घोषण गरेका हुन् । उनले उक्त निर्णयमा हस्ताक्षर गर्दै पुरानो गाविसको संरचना भंग भएको जानकारी दिएका छन् ।
नेपालको संविधानको धारा २९५ को उपधारा ९३० बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सस्माना निर्धारण आयोगले पुष २२ गते पेश गरेको प्रतिवेदन र स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदनका आधारमा सरकारले ७४४ निर्धारण गरी शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको हो ।


नयाँ व्यवस्थाअनुसार अब देशभर ४ सय ८१ गाउँपालिका, २ सय ४६ नगरपालिका, १३ उपमहानगरपालिका र ४ महानगरपालिका कामय भएका छन् । यससँगै पुराना गाविस, नगरपालिकाको सीमाना पनि परिवर्तन भएको छ ।
हाललाई गाउँपालिका तथा नगरपालिकाको संख्या, नाम र सीमाना कामय गरिएको छ । गाउँपालिका र नगरपालिकाको निर्वाचन सम्पन्न भएपछि सम्बन्धित गाउँसभा वा नगरसभाले निर्णय गरेर परिवर्तन गर्न सकिने स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
राजपत्रमा ७४४ ओटै स्थानीय तह नाम, गाभिएका गाविस वा नगरपालिकाको विवरण, वडा, सिमाना, केन्द्र, क्षेत्रफल, जनसंख्या सहितको विवरण प्रकाशन गरेको छ ।

LEAVE A REPLY