नेपाल र केन्या बिच हुन गैरहेको खेल वर्षाका कारण निर्धारित समयमा सुरु हुन सकेन

0
318

२८ फागुन, काठमाडौं विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज शनिबार नेपाल केन्याको खेल हुँदैछ तर, वर्षा बाधक देखिएको रातभर पानी परेको , अहिले पनि पानी छिट्याइरहेको जसका कारण निर्धारित समय ९ः३० मा खेल हुन सक्दैन यद्यपि नेपाल केन्या दुबैको टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्दैछ मैदानको अवस्था हेरेपछि थप निर्णय हुनेछ

Advertisements

केन्याविरुद्ध मैदान उत्रँदा नेपाली टोलीबाट सुनिल धमलाले डेब्यू गर्ने लगभग पक्का छ । उनले उपकप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्नेछन् । यू-१९ क्रिकेटबाट आएका उनी पछिल्लो समय निकै लयमा देखिएका छन् ।शुक्रबारको प्रशिक्षणपछि प्रशिक्षक टमाटाले पनि केन्याविरुद्ध सुनिल खेल्ने संकेत गरे ।

यस्तै अलराउण्डर मेहबुब आलम पनि सम्भवत केन्याविरुद्ध मैदान उत्रिनेछन् । उनी दुई वर्षपछि उनी टोलीमा परेका छन् । प्रशिक्षक टमाटाले भने, उनले जुन प्रदर्शन गरेका छन्, त्यसलाई हेरेरै टिममा ल्याइएको हो । लोअर मिडिल अडरमा उनको रोल छ र, उनको बलमा स्वीङ पनि छ ।’लोअर अडरमा टमाटासँग विनोद भण्डारी र मेहबुबसँगै दिपेन्द्र  सिंह ऐरी विकल्प छन् । दिपेन्द्र -१९ र राष्ट्रिय प्रतियोगिताहरुमा आक्रमक ब्याटिङ गर्दै राष्ट्रिय टोलीमा परेका छन् र, डेब्यूको पर्खाइमा छन् ।

LEAVE A REPLY