प्रशिक्षक र कप्तानले औंल्याए नेपालको हारका तीन कारण वर्षा, टस हार्नु र ब्याटिङ

0
284

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षक जगत टमाटाले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यासँग व्यहोरेको ५ विकेटको हारको तीन कारण औंल्याएका छन् ।शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । खेलपछि कुरा गर्दै प्रशिक्षक र कप्तानले कमजोरी स्वीकार गरे । उनीहरुले साझा रुपैमा तीन कारण औल्याए, वर्षा, टस हार्नु र ब्याटिङमा साझेदारी नहुनु ।प्रशिक्षक टमाटाका अनुसार नेपालले यदि १६० रन बनाएको भए सहज जित हुने थियो । यो नै टोलीका लक्ष्य थियो । तर, मौसमले साथ दिएन । वर्षाका कारण समयमै खेल सुरु हुन सकेन । पटक पटक खेल पनि अवरुद्ध हुन पुग्यो ।दोस्रो कारण, टस हार्नु रहृयो । नेपालले टस हार्‍यो र ब्याटिङको निम्तो पायो । यदि टस जितेको भए नेपालले बलिङ गर्ने थियो ।

Advertisements

तेस्रो, कारण ब्याटिङ नचल्नु । नेपालको सबैभन्दा ठूलो स्कोर ज्ञानेन्द्र मल्लको २७ रन रहृयो । डेब्यू गरेका सुनिल धमलाले पनि ओपनिङमा राम्रो गर्न सकेनन् । प्रशिक्षक टमाटाका अनुसार उनले आफूलाई कण्डिसन अनुसार ढाल्न सकेनन् ।अन्य ब्याट्सम्यानबीच पनि ठूलो साझेदारी हुन सकेन । कम्तिमा २ वटा विकेटका लागि साझेदारी भएको भए नेपालको स्कोर उकासिने थियो ।डेब्यू गरेका दिपेन्द्र सिंह ऐरीले राम्रो प्रदर्शन गरेको भन्दै कप्तान र कोच दुबैले तारिफ नै गरे ।
अब नेपालले सोमबारको खेलमा जितको लक्ष्य बनाएको प्रशिक्षक टमाटाले बताए ।अनलाई खबरका अनुसार

LEAVE A REPLY