१९४५ यताकै ठूलो मानवीय संकट आइलाग्यो

0
350

न्युयोर्क । राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी संस्थाले विश्वले सन् १९४५ यताकै सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको जनाएको छ । यो संकटबाट मुक्तिका लागि सहयोगका लागि पनि राष्ट्रसंघले आह्वान गरेको खबर आजको कान्तिपुरले छापेको छ ।राष्ट्रसंको मानवीय सहायता प्रमुख स्टिफन ओ ब्राइनले यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियाका २ करोडभन्दा बढी मानिसले भोकमरी र अकालको खतरा सामना गरिरहेको जनाएका छन् ।यो संकट समाधानको लागि आगामी जुलाइसम्म ४.४ अर्ब डलर आवश्यक रहेको ब्राइनको भनाइ छ ।

Advertisements

LEAVE A REPLY