“जङ्गलमा बस्ने तिमीहरूलाई बिछ्यौना किन चाहियो ?”

0
497

मलेसिया । कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहनुभएको छ । भने जति तलब पाउनुभएको छ तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नुपर्दा उहाँलाई कारागारमा बसेको भन्दा बढी सकस हुन्छ ।कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूरा भएको छ । महिना मरेपछि हातमा तलब । काम उही, बुट बजार्ने । तेत्तीस डिग्री सेल्सियस तापक्रममा बाह्र घन्टा उभिएर सेवा गर्नुपर्दा उहाँको मन कुँडिन्छ । घर र लालाबालालाई सम्झेर उहाँ भुक्तमान भोगिरहनु छ । उहाँको बिस्तरा भएको कोठामा पनि अरू १३ जनाका गुन्टा छन् ।

Advertisements

धरान उपमहानगरपालिका–२२ देवी गाउँका रामबहादुर तामाङको तीनवर्षे करार सकिन केही सातामात्र बाँकी छ । उहाँ पनि १५ जनाको एउटै शयनकक्षमा आँखाको विष मार्नुहुन्छ । आफूहरूले ओढ्ने ओछ्याउनेको व्यवस्थाका लागि अनुरोध गर्दा रोजगारदाता केही कम्पनीका मालिक नेपालीलाई अपमानपूर्ण व्यवहार गर्दै प्रतिप्रश्न गर्ने गर्छन् – “जङ्गलमा बस्ने तिमीहरूलाई बिछ्यौना किन चाहियो ?”

इन्डोनेसिया, भारत, बङ्गालदेश र म्यान्माका आप्रवासी श्रमिकको अवस्था पनि नेपालीको जस्तै रहेको बताउनुहुन्छ अधिकारी । लुटपाटबाट जोगिन पलपल सावधान रहनुपर्ने बाध्यता छ भने भ्रष्टाचारको दलदलमा फसेका केही मलेसियाली प्रहरीले पनि आप्रवासी कामदारलाई नराम्ररी सताउने गरेका उहाँको गुनासो छ ।रोजगारदाता कम्पनीले उपलब्ध गराएको वैधानिक परिचयपत्र प्रहरीका निम्ति खोस्टो सिवाय केही हुँदैन । साथमा राहदानी पनि हुँदैन । कम्पनीको परिचयपत्र देखायो भने पक्राउ गरिहाल्छन् । घटीमा ५० रिङगिट (करिब रू १२००) नजराना चढायो भने छाडिदिने गरेका उहाँ बताउनुहुन्छ ।

“साथमा सधैँ पैसा हुने कुरा पनि भएन, कम्पनीले खिचेको राहदानी ज्यान गए दिँदैन,” कष्ट र पीडाको पेटारो फुकाउँदै गहभरि आँसु पारेर तामाङ भन्नुहुन्छ । मलेसियामा कार्यरत झन्डै सात लाख नेपालीमध्ये एक लाख जनाको सामूहिक समस्या हो यो ।अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मापदण्ड विपरीत आठ घन्टाभन्दा बढी समय आप्रवासी श्रमिकले काम गर्नुपरेको छ भने केहीले मात्र अतिरिक्त समय काम गरेबापत नगन्य मात्रामा थप पारिश्रमिक पाउने गरेका छन् । अझ अचम्म लाग्दो कुरा के छ भने सन् १९५५ को अन्तर्राष्ट्रिय राहदानी ऐनअनुसार राहदानीवाहकले आफैसँग त्यसलाई राख्न पाउने अधिकारको उपभोग गर्न पाएका छैनन् ।

श्रमिकको राहदानी सम्बन्धित व्यक्तिसँगै हुनुपर्ने अन्तर्राष्ट्रिय प्रचलनको सम्मान गर्न र उनीहरूलाई करारनामामा गरिएको प्रतिबद्धताअनुसारका सेवा सुविधा उपलब्ध गराउन मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले अहोरात्र खटेर काम गरिरहनुभएको छ ।आर्थिक कूटनीति र कूटनीतिक अन्य पाटालाई क्रियाशील गर्न नभ्याउँदै उहाँको चारवर्षे कार्यकाल करिब आठ महिनापछि पूरा हुँदैछ । श्रम÷श्रमिक कूटनीतिमा नै व्यस्त हुनुपरेकाले नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धनमा सोचेजस्तो गर्न नसकेको उहाँ स्वीकार गर्नुहुन्छ र भन्नुहुन्छ, “मेरो ९० प्रतिशत समय लेबर डिप्लोमेसीमै सकिने गरेको छ । ” आजको गोरखापत्र दैनिकमा खबर छ ।

LEAVE A REPLY