‘छक्का पञ्जा २’को घोषणा

0
310

नेपाली फिल्म इतिहासमा सर्वकालिन कीर्तिमानी कमाइ गरेको ‘छख्का पञ्जा’को सिक्वल निर्माणको घोषणा भएको छ।

Advertisements

फेसबुकमा स्टाटस लेख्दै निर्माता एवं कलाकार दीपक राज गिरीले फिल्म निर्माणको घोषणा गरेका हुन्। फिल्मलाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन्।

फिल्ममा पहिलो फिल्मका अधिकांश कलाकारको अभिनय रहनेछ। त्यसका अलावा फिल्ममा युवापुस्ता लोकप्रिय एक नायक तथा नायिका रहने जानकारी गिरीले सेतोपाटीलाई दिएका छन्।

फिल्म जेठबाट फ्लोरमा जानेछ। दीपकले फिल्म रिलिजको मिति भने केही समयपछि सार्वजनिक गर्ने बताए। फिल्मका केही कलाकार एवं प्राविधिकको छनौट अन्तिम चरण रहेको उनले जानकारी दिएका छन्।

सिक्वलले पनि पहिलो फिल्म जस्तै दर्शकको मन जित्ने अपेक्षा राखेको दीपकले बताए।

LEAVE A REPLY