वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिको बैठक सम्पन्न

0
2390

फागुन ३० गते  ।विगत लामो समयदेखि वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको  सञ्चालक समितिको बैठक बस्न नसकि लथालिङ्ग र भद्रगोल अवस्थामा थियो । नियमित रुपमा आउनु पर्ने विकास बजेट अनुमोदन हुन नसक्दा सम्पूर्ण विकासका कामहरु ठप्प प्राय थिए । केवल कर्मचारीलाई तलब खुवाउने बाहेकका कुनै पनि रचनात्मक तथा जनतालाई दिनुपर्ने दैनिक सेवा सुविधाका कामहरु पनि नभई अन्यन्तै निरिह अवस्थामा थियो ।

Advertisements
  • लामो समयदेखि रोकिएको बजेट यही फागुन महिनादेखि लागू हुनेगरी अनुमोदन गरिएको
  • बिग्रिएका मेशिन तथा अन्य उपकरणहरु तुरुन्त मर्मत गरी काममा ल्याउने
  • अत्यावश्यक नयाँ मेशिन खरीद प्रक्रिया यथाशक्य अगाडि बढाउने
  • EHS लागु गराउने जसले सम्पूर्ण डाक्टरहरु बाहिरको क्लिनिकमा गई सेवा तथा काम गर्न गराउन नपाउने
  • वि.पी. कोइराला मेमोरियल क्यान्सर प्रतिष्ठान बनाउनेयसैबीच हालै मात्र सरकारद्वारा गठित सञ्चालक समितिलाई पनि कानुनी झमेलाले गर्दा मुद्दाको किनारा नलाग्दासम्म त्यसै बस्नुपर्ने बाध्यता बनाइयो । अहिले मुद्दाको छिनोफानो भई सरकारी निर्णयको पक्षमा अदालतले फैसला गरेपछि नयाँ कार्यसमितिले नयाँ सोच र विचारका साथ नयाँ ढङ्गले रोकिएका विकासका कामहरु गर्न तदारुकता देखाएको छ । यही फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयका बारेमा यस समितिका सदस्य दिनेश कोइरालाले प्रकाश पार्दै हामीलाई जानकारी दिनुभयो ।

    उहाँका अनुसार विगत लामो समयदेखि रोकिएको बजेट यही फागुन महिनादेखि लागू हुनेगरी अनुमोदन गरिएको छ । साथै बिग्रेर थन्किएका मेशिन तथा अन्य उपकरणहरु काममा आउने भए तुरुन्त मर्मत गरी काममा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराई निर्देशन दिएको कुरा पनि उहाँले जानकारी गराउनुभयो । यसका साथै अत्यावश्यक नयाँ मेशिन खरीद प्रक्रिया यथाशक्य अगाडि बढाउन व्यवस्थापन समितिलाई निर्णयका साथ निर्देशन दिइयो । यसैगरी विस्तारित स्वास्थ्य सेवा भ्।ज्।क्। उपसमितिले दिइएको प्रतिवेदन कार्यान्वयन गराउने निर्णय गरियो । यसको कार्यान्वयन पछि यस अस्पतालमा काम गर्ने सम्पूर्ण डाक्टरहरुले बाहिरको क्लिनिकमा गई सेवा तथा काम गर्न गराउन नपाउने प्रावधान रहेको छ । यसैबीच यस मेमोरियल क्यान्सर अस्पताललाई वि.पी. कोइराला मेमोरियल क्यान्सर प्रतिष्ठान बनाउने निर्णय गरी यसको लागि प्रकाश न्यौपानेको अध्यक्षतामा बोर्डका सदस्यहरु सदस्य रहने गरी एउटा कार्यदल बनाउने निर्णय गरियो । जुन कार्यदलमा जिल्लाका सम्पूर्ण निर्वाचित सांसदहरु सल्लाहकार रहने व्यवस्था पनि गरिएको छ ।

LEAVE A REPLY