५२ वर्षअघिको किर्तिमान तोड्यो रियलले

0
278

आइतबार एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जीत हासिल गर्ने क्रममा रियल म्याड्रिड फुटबल इतिहासको निकै पुरानो किर्तिमान भंग गरेको छ ।

Advertisements

क्रिस्टियानो रोनाल्डोले हाफ टाइम अघि गोल गरेपछि लस ब्लांकोसले लगातार ४८ खेलमा गोल गर्ने नयाँ किर्तिमान कायम गरेको हो ।

यसअघि बेनफिकाले सन् १९६३ को डिसेम्बर देखि स् १९६५ को डिसेम्बरसम्ममा लगातार ४७ खेलमा गोल गर्दै किर्तिमान बनाएको थियो ।
जिनेदिन जिदानको टोली पछिल्लो पटक गत वर्षको अप्रिलमा म्यान्चेस्टर सिटी विरुद्ध च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा गोल गर्न असमर्थ बनेको थियो ।

यो किर्तिमान बनाउने क्रममा रियलले ३४ खेलमा जीत तथा ११ खेलमा बराबरी गरेको छ भने मात्र ३ खेलमा हार बेहोरेको छ ।

LEAVE A REPLY