छक्का को बद्ला छक्का हानेर नेपालले केन्यालाई हरायो

0
427

काठमाडौं– आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत आज केन्या र नेपालबीचको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गर्दै शीर्ष चारमा रहने सम्भावना जिवितै राखेको छ ।केन्याले प्रस्तुत गरेको १ सय ५६ रनको नेपालले मात्र ३०.२ ओभरमा मात्र ३ विकेट गुमाएर सफलतापूर्वक पछ्याएको हो ।

Advertisements

नेपालले एकदिवसीय क्रिकेटमा केन्यालाई पराजित गरेको यो पहिलो अवसर हो । यसअघि पनि एकदिवसीय क्रिकेटमा केन्यासँग दुई पटक पराजित भएको थियो । सन् २०१४ को विश्वकप क्रिकेट छनोटअन्तर्गतको अभ्यास खेलमा नेपाल एक विकेटले पराजित भएको थियो भने सन् २०१५ मा नामिबियामा भएको डिभिजन दुईको प्रतिस्पर्धामा पनि नेपालले केन्यासँग हार बेहोरोको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ६४ रनको योगदान दिए। ९३ बल खेलेका मल्लले ८ चौका र १ छक्का प्रहार गरेका थिए।यस्तै दीपेन्द्र सिंह ऐरीले ६२ रन बनाएका थिए। ६६ बलको सामना गरेका ऐरीले ८ चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै ऐरीको ठाउँमा आएका सरद भेसवाकरले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा २४ रन बनाएका थिए। नटआउट रहेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए। उनले तिसौ ओभरको पहिलो बलमा चौका प्रहार गरेका भसवारले अर्को बलमा छक्का प्रहार गरेका थिए। जबकी नेपालका लागि त्यतिखेर २ रन मात्र आवश्यक थियो।यसअघि चार ओभरभित्र १४ रनको स्थितिमा  २ विकेट गुमाइसकेको नेपालका लागि ऐरी र मल्लले सतकीय साझेदारी गर्दै खेलमा फर्किएको थियो।सुनिल धमला १ रनमा आउट हुँदा सागर पुनलाई नेपालले ५ रनमा गुमाएको थियो। टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको नेपालले राम्रो शुरुवात गरेको थियो।

मेहबुब आलमले कसिलो बलिङ गर्दै केन्याका शुरुवाती दुई विकेट लिए । उनले बलिङ गरेका सातमध्ये ५ ओभर मेडन फाले ।आलमको पहिलो शिकार एलेक्स ओवान्डा एलबीडब्लुमा परे भने दोस्रो शिकार धीरेन गोन्डारिया बोल्ड भएका थिए । आलमले एकै ओभरमा दुई विकेट लिएका थिए ।त्यसपछि आएका कोलन्स ओबुया र ओपनर इरफान करिमले केन्याको पारी सम्हाले । २ विकेटको क्षतिमा १४ रनबाट दुवै स्कोर ९३ सम्म पुर्याए ।

२८औं ओभरमा नेपालका लागि सन्दीप लामिछानेको बलमा कोलिन्सलाई विकेटकिपर बिनोद भण्डारीले स्टम्प गरे । उनले ४८ रनको योगदान दिए ।त्यसपछि शरद भेस्वाकरको बलिङमा इरफान करिम क्याच आउट भएपछि लगातार रुपमा केन्याको विकेट पतन भयो । करिमले ३८ रन बनाए ।२१ रन बनाएका राकेप पटेल बसन्त रेग्मीको बलमा सोमपाल कामीबाट क्याच आउट भए ।नेपालका लागि शरद भेस्वाकरले ४ तथा आलम र रेग्मीले २–२ विकेट लिए ।शनिबार भएको पहिलो खेलमा नेपाल पाँच विकेटले हारेको थियो ।

 

 

 

LEAVE A REPLY