प्रधानमन्त्रीद्वारा ७ सय ४४ वटै स्थानीय तह कार्यान्वयनमा आएको घोषणा

0
239

काठमाडौँ, चैत २ गते । स्थानीय तहका सम्पूर्ण कार्यालय र कार्ययोजना हिजो देखि कार्यान्वयनमा आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको कार्यालयमा आयोजित बिशेष समारोहमा मुलुकभर रहेका ७ सय ४४ वटै स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरेका हुन् ।राजपत्रमा गत फागुन २७ गते प्रकाशित भएलगत्तै अस्तित्वमा आएका ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिकाले मंगलवारबाट औपचारिक काम सुरु गरेका हुन् । स्थानीय तह कार्यन्वयनमा आएसंगै यसको ऐतिहासिक महत्व वुझेर जनताले महसुस गर्नेगरि काम गर्न प्रधानमन्त्री दाहालले कर्मचारीहरुलाई निर्देशन दिए ।

Advertisements

LEAVE A REPLY