फोरम नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

0
310

२ चैत, काठमाडौं । मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी फोरमले सभामुख ओनसरी घर्ती मगर मार्फत वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।फोरम संसदीय दलका नेता अशोक राइले हस्ताक्षर गरेको पत्र दलका प्रमुख सचेतक शिवजी यादवले बुधबार सभामुखलाई बुझाएका छन् ।सरकारलाई दिएको समर्थन फिर्ताको पत्र थमाउँदै प्रमुख सचेतक यादवले मोर्चाका अन्य दलहरुले पनि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए ।उपेन्द्र यादव नेतृत्वको फोरम नेपालका १५ सांसद छन् ।

Advertisements

LEAVE A REPLY