संविधान संशोधन गर्न दिदैनौ : उपाध्यक्ष गौतम

0
278

गुलरिया । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गर्न कुनै पनि हालतमा नदिने बताउनुभएको छ ।नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत आज बर्दियाको राजापुरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधान संशोधन गर्ने कुचेष्टा नगरे हुन्छ । हामी कुनैपनि हालतमा मान्दैनौ ।”जातीय राज्यको नारा लगाएर नेपाललाई रुगान्डा बनाउन खोजेको आरोप लगाउँदै उहाँले एमालेलाई यस्तो प्रवृत्ति मान्य नहुने बताउनुभयो ।मेची–महाकाली अभियानका क्रममा २ नम्बर प्रदेशमा घटेको घटना दुःखद भएको भन्दै उपाध्यक्ष गौतमले विदेशीको इसारामा कैलालीको टीकापुर घटना दोहो¥याउन खोजेको आरोप लगाउनुभयो ।सो अवसरमा विभिन्न पार्टी परित्याग गरेका तीनसयभन्दा बढीलाई टीका लगाई पार्टीमा स्वागत गरिएको एमाले बर्दिया क्षेत्र नम्वर ४ का संयोजक पहाडी थारुले बताउनुभयो । रासस

Advertisements

LEAVE A REPLY