के गर्दैछन् त म्याच फिक्सिङका आरोपी फुटबलर हरु ????

0
414

काठमाडौं । २८ असोज, २०७२ । नेपाली फुटबल प्रेमीहरु स्तब्ध भएको दिन । कुनै प्रतियोगितामा पराजित भएर होइन, ७ वर्षदेखि फुटबलमा हुँदै आएको पराजयको शृंखलाको रहस्य थाहा पाएकोमा ।राष्ट्रिय खेलाडीहरुले बुकीहरुबाट पैसा खाएर विपक्षी देशलाई सात वर्षदेखि जिताउँदै आएका थिए । महानगरीय अपराध महाशाखाले गत वर्षको २८ असोजमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई पक्राउ गरेको थियो ।

Advertisements

मलेसिया र सिंगापुरका म्याच फिक्सरबाट पैसा खाएर मिलेमतोमा उनीहरुले देशलार्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हराउँदै आएको रहस्य खुल्यो ।खेलाडीहरुले विदेशी म्याच फिक्सरबाट पैसा लिएको प्रमाणसहित प्रहरीले अदालतमा मुद्दा दायर ग¥यो । त्यसयता देशको फुटबलले नयाँ पहिचान बनाउँदै गएको छ भने अदालतको आदेशमा धरौटीमा छुटेका आरोपी खेलाडीहरु गुमनाम छन् ।कुनै समय फुटबलका हिरो रहेका उनीहरुको छवि अहिले भिलेन बनेको छ । अदालतमा मुद्दा लडिरहेका उनीहरुमध्ये कोही गुन्डागर्दीमा लागेका छन् भने कसैले जग्गा दलालीको काम सुरु गरेका छन् ।

को के गर्दैछन् ?
सागर थापा
सागर थापाले गत वर्षको माघमा एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै आफूहरुमाथि झूटो आरोप लागेको दाबी गरे । गत जेठमा फुटबलर विमल घर्तीमगरकी बहिनीको निधन हुँदा पशुपति आर्यघाटको दाहसंस्कारमा उनी उपस्थित भए । त्यसयता उनी सार्वजनिक कार्यक्रममा खासै देखिँदैनन् । वेलावेलामा फुटबल खेल्न उनी फुटसल पुग्ने गरेका छन् । सागरका एक साथीका अनुसार उनी प्रायः धरान र विराटनगर धाउने गर्छन् । पक्राउ परेपछि फ्रस्टेसनका कारण सागरमा बढी मदिरा पिउने लत लागेको उनका साथीले बताए ।

रितेश थापा
रितेश थापाले आफू जग्गा कारोबारमा लागेको बताए । ‘आफूले जानेको फुटबल हो, त्यही खेल्न नपाएपछि के गर्नु ?’ उनले भने, ‘त्यसै कति बस्नु भनेर यसो घरजग्गा कारोबारमा लागेको छु ।’

सन्दीप राई
सन्दीप राईले धरौटीमा छुटेपछि बिहे गरेका छन् । लामो समय लिभिङ टुगेदरमा रहेकी प्रेमिकासँग उनले यसै वर्षको दसैंमा बिहे गरेका हुन् ।

अन्जन केसी
म्याग फिक्सिङको आरोप लागेका अर्का खेलाडी अन्जन केसी गुन्डागर्दीमा लागेको प्रहरी स्रोतले बतायो । पक्राउ पर्नुअघि अन्जन गुन्डा नाइके चरीको समूहमा रहेको खुलेको थियो ।

विकाससिंह क्षेत्री
डिफेन्डर विकाससिंह क्षेत्री पनि म्याच फिक्सिङको आरोप लागेपछि कसैको सम्पर्कमा छैनन् । उनका सहकर्मी खेलाडी पनि विकास आफूहरुको सम्पर्कमै नरहेको बताउँछन् ।

डेविज थापा
म्याच फिक्सिङबापतको पैसा लिनेमा नेपाली फुटबल टोलीका फिजियोथेरापिस्ट डेविज थापा, सागर र रितेशको आफन्त रहेको खुलेको थियो । डेविजका नाममा केसभनले सन् २०१२ मा एक लाख आठ हजार रुपैयाँ पठाएको प्रहरीको दाबी छ । उनी अमेरिकामा लुक्दै आएका छन् । गज्जव साप्ताहिकमा खबर छ ।

LEAVE A REPLY