खाडी राष्ट्रमा रहेका नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी

0
417

३ चैत, काठमाडौं । मुनलाइट सर्भिसेज कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको द बोइङ कम्पनीमा पाँचबर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ ।६ बर्षअघि खाडी राष्ट्रमा रहेका नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई ठग्दै आएको यो गिरोहले अहिले मलेसियामा रहेका नेपालीलाई सोही प्रलोभनमा पारी ठगी गरिरहेको भेटिएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisements

मुनलाइट सर्भिसेज कम्पनीका नाममा महेश राणा भन्ने व्यक्तिले मलेसियामा कार्यरत नेपालीबाट अहिले लाखौँ रुपैयाँ असुलेर ठगी गरेका हुन् ।

LEAVE A REPLY