‘लुट २’ फेरि देखाइने कतारमा

0
282

कतारमा मार्च १७ अर्थात आउँदो शुक्रबार चलचित्र ‘लुट २’को फेरि प्रदर्शन हुने भएको छ । दर्शकहरुको माग बढेपछि दोश्रो पटक चलचित्र देखाउन लागिएको हो । चलचित्र ग्रान्ड मलस्थित एसियन टाउन सिनेमाको हल नम्बर ३ मा बिहान ११ बजेबाट प्रदर्शन हुने बताइएको छ । चलचित्र हेर्नका लागि दर्शकले ३५, ५० र ७५ रियाल तिनुपर्ने छ ।

Advertisements

यसअगाडि भएको शोमा पनि हाउसफूल दर्शक थिए । ‘कस्तो राम्रो इभेन्ट्स’ले चलचित्रको प्रदर्शन कतारमा गरिरहेको छ । वि.सं २०१२ मा रिलिज भएर ब्लकबस्टर भएको चलचित्र ‘लुट’को सिक्वेलको रुपमा ‘लुट २’को निर्माण भएको हो ।

नेपालमा पनि पहिलो साता आक्रामक व्यापार गरेको यो चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय छ ।

LEAVE A REPLY