पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको निधन

0
527

३ चैत, काठमाडौं । पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको आज निधन भएको छ ।रामेछापका पूर्व सांसद ढुंगेल डिल्लीबजारस्थित आफ्नै कोठामा बिहीबार बिहान मृत भेटिएको बताइएको छ ।उनी लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित थिए ।‘बिहान अवेरसम्म ढोका नखुलेपछि आफन्तले चुकुल तोडेर हेर्दा उहाँको निधन भैसकेको खुल्न आएको छ’ र अहिले, ‘पोष्टमार्टका लागि अस्पताल पठाउने तयारी हुँदै छ ।

Advertisements

’सादगी चरित्रका ढुंगेल मदिराबाट टाढै थिए । माछा मासु समेत नखाने ढुंगेलको आकस्मात मृत्युको खबर एकाएक फैलिएपछि कांग्रेसका नेता कार्यकर्ता डिल्लीबजार पुगेका छन् ।२०५९ सालमा कृषि सहायक मन्त्री बनेका ढुंगेलले २०५६ सालमा रामेछाप–२ बाट चुनाव जितेका थिए ।

LEAVE A REPLY