एक सय एकहत्तर विद्यार्थी परीक्षा दिन वञ्चित

0
304

पोखरा, चैत ३ गते । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा कास्कीबाट एक सय ७१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।वर्षभरि ७० प्रतिशत हाजिरी नपुगेपछि उनीहरुले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालयका उपसचिव गोविन्द पोखरेलले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ १० हजार चार सय ६३ र पुनःपरीक्षातर्फ एक सय ७२ छात्रछात्रा संलग्न भएका छन् । परीक्षाका लागि ३१ केन्द्रको व्यवस्था गरिएको छ ।

Advertisements

यस्तै परीक्षामा कारागारका तीन बन्दी, चार दृष्टिविहीन, १५ सुस्तश्रवण र ११ जना बालसुधार गृहबाट सहभागी भएका छन् जिल्लाका एक सय ६३ संस्थागत र एक सय १४ सामुदायिक विद्यालयका छात्रछात्राले परीक्षा दिइरहेको कार्यालयले जनाएको छ । रासस

LEAVE A REPLY