स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले शनिवारबाट मतपत्र छपाई सुरु गर्दै

0
291

निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि तय भएको स्थानीय निर्वाचनका लागि आयोगले शनिवारबाट मतपत्र छपाइ सुरु गर्दै छ । स्थानीय तह निर्वाचनका लागि सबै निर्धारित कामहरु समयसीमा भित्रै भएको दावी गर्दै आएको आयोगले नयाँ किसिमका मतपत्र ठूलो संख्यामा छाप्नुपर्ने भएपछि उम्मेदवारी दर्ता नहुँदै मतपत्र छाप्न लागेको हो ।
निर्वाचन आयोगले निर्वाचन सामग्री व्यवस्थापनदेखि, मतदान केन्द्रको परिमार्जन, नीति र निर्देशिका बनाउने जस्ता सबै काम तीव्र गतिमा राखेको छ । निर्वाचन मिति घोषणापछि तयारीका लागि १ सय २० दिन समय मागेको आयोगले ८२ दिन मात्रै पाएकाले कामलाई तीव्रता दिनुपरेको हो । आयोगका अनुसार मतदाता नामावलीलाई अन्तिम रूप दिने काम, मतदाता शिक्षा तयारी, मतदानस्थल पुनरावलोकन, कर्मचारी व्यवस्थापनलगायत काम भइरहेका छन् । पुनःसंरचना आयोगको प्रतिवेदन ढिलो गरी प्राप्त भएकाले सबै मतदाताको परिवर्तित ठेगानाअनुसारको नामावली मिलाउन केही ढिला भइरहेको आयोगले जनाएको छ । फागुन ९ सम्म नाम दर्ता गराएका करिब १ करोड ४० लाख मतादाताको ठेगाना मिलाएर चैत २० भित्र नामावलीलाई अन्तिम रूप दिने आयोगको कार्यसूची छ ।

Advertisements

LEAVE A REPLY