म्यानचेष्टर युनाइटेड युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश

0
265

४ चैत, काठमाडौं । म्यानचेष्टर युनाइटेड युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति भएको दोस्रो लेगमा एफसी रोस्तोभमाथि १-० को जित हात पारेको म्यानचेष्टर युनाइटेड समग्रमा २-१ ले विजयी भयो । तर,  उसका मिडफिल्डर पल पोग्बा र ब्लाइन्ड घाइते भएका छन् ।घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । युनाइटेडका हेनरिक वान भर्सेस वानमा गोल गर्न चुकेका थिए भने जाल्टन इब्राहिमोभिचको प्रहार पोष्टमा लागेको थियो ।खेलको ७० औं मिनेटमा माटाले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई अन्तिम आठमा पुर्‍याएका हुन ।

Advertisements

LEAVE A REPLY