लघुकथा–साहित्यकार अच्युत घिमिरे

0
349

खान्दानी व्यक्ति

Advertisements

दुईजना बिच ठुलै वाक्युद्ध हुँदै थियो । वाक्युद्धको विषय थियो ‘खान्दानी व्यक्ति’ । दुवैले आ–आफ्ना विचार व्यक्त गरे । समाजका विभिन्न जात–जाति, वर्ग, सम्प्रदायको सूक्ष्म ढङ्गले विश्लेषण गरे उनीहरूले । चर्काचर्कीकै बिचमा योद्धा नं . १ ले भन्यो– ‘‘पहिल्यैदेखिका धनीमानी र संस्कार भएका नेपाल परिवार खान्दानी हुन् । ’’
योद्धा नं. २ ले भन्यो – ‘‘अब परम्परागत नियम लागु हुँदैन । ’’ दुवै योद्धाले नेपाल परिवारसँग परीक्षा लिने निर्णय गरे । थाहा नपाउने गरी योद्धा नं. २ ले नेपाल्नी बज्यैसँग रु.५० ।– सापटी माग्यो । बज्यैले देब्रे हातले रु.५० ।– दिइन् । यो दृश्य देखेर योद्धा नं. १ मुन्टो निहुराएर भाग्यो । योद्धा नं. २ ले तत्क्षण भन्यो – ‘‘खान्दान आफैँले बनाउने कुरा हो, यो कुनै परिवारको पेवा हुँदैन ।’’

शक्ति
झन्डै पच्चीस वर्षअघि रमिते गाउँमा चोरीको अभियोगमा चम्बुप्रसाद समातिए । उनको घर खानतलासी गर्दा ३–४ ट्रक बहुमुल्य सामान भेटियो र जेल चलान गरियो उनलाई । पाँच वर्षपछि सजाय मुक्त भएर छुटे उनी र राजनीतिमा लागे । भूमिगत पार्टीको कमान्डर हुँदै स्थायी समिति सदस्य सम्म पुगे उनी । पार्टीमा उनको लोकप्रियता बढ्दै गयो र एकदिन मन्त्री बने । उनको चाकरी गर्नेहरूको धुइरो लाग्यो । मेरो स्वाभिमानले चाकरी गर्न मानेन र गइनँ उनको सम्मुखमा । यसै क्रममा केही लठैतहरू आए र मलाई जवरजस्ती उनको अगाडि पु¥याए । उनको आकृति देखेर म डरले कामिरहेको थिएँ र भनेँ – ‘‘हजुर गल्ती भयो ।’’

 

LEAVE A REPLY