राजनीति र खेलकुदको फ्युजन विना देश विकास सम्भव छैन

0
863

राजकुमार कार्की

Advertisements

                                                                खेल संवाद

ओखलढुङ्गा जिल्लाको फूलबारी–५ मा जन्मनुभएका राजकुमार कार्की तेक्वान्दो र हाफ किदोका छैठौँ डान प्राप्त अन्तर्राष्ट्रिय प्रशिक्षक हुनुहुन्छ । एम.बी.बी.एस. सम्म अध्ययन गर्नुभएका कार्कीे सात वर्षको बाल्यकालिन अवस्थाबाट नै कराँते खेलमा प्रवेश गर्नुभएको थियो । मध्यमवर्गीय परिवारमा जन्मनुभएका उहाँ एक वर्ष राई गुरुसँग कराँते खेलेपछि तेक्वान्दो खेलतर्फ लाग्नुभयो । श्री ज्ञानप्रकाश मा.वि. घोराखोरीमा केही वर्ष अध्ययन गरेपछि १० वर्षको उमेरमा नै परिवार सहित काठमाडौँ प्रवेश गर्नुभयो उहाँ । त्यसपछि प्रशिक्षक धु्रव गुरुङसँग बौद्ध डोजाङ्गबाट प्रशिक्षण सुरु गर्नुभयो । सानै उमेरमा प्रथम डान प्राप्त गर्न सफल कार्की गुरुको अनुमतिले थौरै अवधिमा आफैँ डोजाङ्ग सञ्चालन गर्न लाग्नुभयो । प्रस्तुत छ उहाँसँग संकल्प पोष्टका लागि गरिएका विविध कुराकानीका मुख्य अंशहरु :

विशेषतः खेलकर्मी हुनुहुन्छ, स्थापीत हुन के कस्ता संघर्ष गर्नुप¥यो ?
राष्ट्रिय डोजाङ्ग कमिटी आफैँले निर्माण गरी सचिव पदबाट सो संघ भित्र पनि अर्को संरचना निर्माण गरी खेल क्षेत्रमा मेँलै संघर्षको सरुवात गरेँ । त्यसपछि गणतान्त्रिक तेक्वान्दो संघ निर्माण गरी महासचिव रही खेल र खेलाडीका पक्षमा संघर्ष जारी राखेँ । त्यसैगरी नेपाल गणतान्त्रिक खेलकुद महासंघको संस्थापक सदस्य हुँदै खेलकुदलाई अगाडि बढाउन विभिन्न किसिमका संघर्षहरु गर्नुप¥यो ।

समग्रमा नेपाली खेलकुद क्षेत्रको विकास हुन नसक्नुका कारणहरु के के होलान् ?
नेपालको खेलकुद विकास नहुनुको प्रमुख कारण राष्ट्रिय खेलकुद परिषद्को ऐन नै खेलकुद विकासको बाधक हो । जुन समयानुकुल परिवर्तन हुन सकेको छैन । राणाकालीन अवस्थामा रहेको खेलकुद ऐन गणतान्त्रिक नेपालसम्म आइपुग्दा समेत खेलकर्मीहरुले गणतन्त्रको अनुभूति गर्न पाएका छैनन् । खेलाडीलाई मौसमी गहना हैन राष्ट्रको परिचयको रुपमा स्थापित गराउँदै गुणस्तरीय खेलाडीलाई एउटा पदक प्राप्त गर्ने बित्तिकै जागिरमा अड्काउने हैन थप स्तरोन्नतिको लागि आधारभूत आवश्यकता पूरा गरी खेलमा जीवन देखाउन सक्नुपर्छ ।

  • हालका दिनमा आएर एउटा खेलकर्मी हुँदा हुँदै राजनीतिमा धेरै सक्रिय हुनुहुन्छ, किन होला ?
    राजनीति नै मूल नीति हो, जसले राज्य सञ्चालनको नीति निर्माण र वागडोर समालेको हुन्छ । राजनैतिक नेतृत्व विना कुनै पनि क्षेत्रको विकास र परिवर्तन असम्भव छ । त्यसमाथि पनि गणतन्त्र नेपालबाट धेरै नै टाढा रहको जस्तो अनुभूति हुने नेपालको खेलकुद समयानुकुल परिवर्तन गर्न पनि राजनीतिमा लाग्नु आवश्यक छ । साथै राजनीति र खेलकुदको फ्युजन नगरिकन देश विकास असम्भव छ जस्तो लागेर राजनीतिमा लाग्ने गर्ने इच्छा लिएको हुँ ।

बुढानिलकण्ठ नगरपालिकाको उपमेयरको पदमा वा वडा नंं १२ को वडाध्यक्षमा उम्मेदवारीको तयारी गर्दै हुनुहुन्छ भन्ने कुराको वास्तविकता के हो ?

नजिकिँदो स्थानिय निर्वाचनमा बुढानिलकण्ठ नगरमा माओवादी केन्द्रले दिएको जिम्मेवारी पूरा गर्ने सोचमा छु । हाम्रो पार्टीमा स्थानिय निर्वाचनको विषयमा घनिभुत छलफल भएको छ । कुन पदमा उम्मेदवारी दिने वा नदिने पार्टीको अन्तिम निर्णयमा नै भरपर्छ । त्यसकारण पनि म पार्टीले दिएको जिम्मेवारी वहन गर्न तयार छु ।
अन्ततः एउटा खेलकर्मी एवम् युवा नेताका हिसाबले अबको खेलकुद क्षेत्रमा कस्तो नेतृत्वको अपेक्षा गर्नुहुन्छ ?
खेलकुद क्षेत्र एउटा यस्तो विधा हो जसमा ६ वर्षका बालबालिकादेखि ८० वर्ष सम्मका वृद्धवृद्धाहरु रमाउँछन् । त्यसकारण पनि यसमा सहनशील, सक्रिय, संघर्षशील, मेहनती र राजनैतिक, वैचारिक रुपमा बलियो नेतृत्वको आवश्यकता छ । मेरो विचारमा खेलकुदका नव नेताका रुपमा चिनिने युवा नेता शिव कोईराला (ज्वाला) जस्ता व्यक्तिहरुसँग यस्तो क्षमता छ ।

कार्कीले तेक्वान्दो खेलमा प्राप्त गर्नुभएका मुख्य उपलब्धिहरु :

१) इन्भिटेशनल तेक्वान्दो प्रतियोगिता कोरिया पुङ्सेतर्फ रजत पदक (३१ देश सहभागी प्रतियोगितामा)
२) कोरिया, इन्डोनेसिया, भारत, थाइल्याण्ड लगायतका विभिन्न मुलुकहरुमा समय समयमा हुने गरेका प्रतियोगिताहरुमा नेपालका लागि पदक दिलाउन सफल

संलग्नता :

राष्ट्रिय तेक्वान्दो महासंघ नेपालको महासचिव
राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघको संस्थापक तथा कार्यवाहक अध्यक्ष
ए. नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य
अखिल नेपाल खेलकुद महासंघको सचिव
मध्यमाञ्चल खेलकुद विकास समितिको अध्यक्ष (२०६८–२०७२)

राजकुमार कार्कीले नेपाली राष्ट्रिय खेलकुदमा पु¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै विभिन्न समयमा प्राप्त गर्नुभएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु :

तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाबाट राष्ट्रिय सम्मान
नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट उच्च सम्मान
तत्कालिन युवा तथा खेलकुदमन्त्री कमला रोक्काबाट सम्मान
नेपाल ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष धु्रवबहादुर प्रधानबाट तेक्वान्दो खेलमा नेपाललाई अन्तर्राष्ट्रिय पदक  दिलाउन सफल भएकोमा २ पटक सम्मान
रा.खे.प.का तत्कालिन सदस्य सचिवहरुबाट विभिन्न समयमा सम्मान
कोरियाका लागि तत्कालीन नेपाली राजदुत कमान सिंह लामा लगायत विभिन्न देशका राजदुतबाट सम्मान
विश्व तेक्वान्दो प्रधान कार्यालय कुकिवनबाट नेपालमा तेक्वान्दोको विकासमा गरेको लगानीको कदर गर्दै सन् २०१२ मा  अन्तर्राष्ट्रिय सम्मान

 

 

LEAVE A REPLY