मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीका स्थानीय तहको कार्यालयमा तालाबन्दी

0
256

४ चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीका स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका छन् ।‘स्थानीय तह पुनर्संरचना मान्न सकिदैन, संख्याको आधारमा स्थानीय तह निर्धारण गर’ भन्ने जस्ता नाराबाजी गर्दै मोर्चाका कार्यकर्ताले विहिबार राजविराजस्थित जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Advertisements

दर्जनौंको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले समन्वय समिति स्थित स्थानीय विकास अधिकारी सुदेव पोखरेल, प्रशासन प्रमुख सुभाष मण्डल र राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादवराज सापकोटाको कार्यकक्षमा ताला लगाएका छन् ।शुक्रवारदेखि जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी गर्ने तयारी भईसकेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले जानकारी दिए ।यस्तै मधेसी मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनमा नलाग्न कार्यालय प्रमुखहरुलाई आग्रह समेत गरेका छन् ।

LEAVE A REPLY