कुनै बेला राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस,अहिले मधेसी मोर्चा देखी डराएर भाग्न थालेको छ

0
253

५ चैत, सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै भने,कुनै बेला राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस,अहिले मधेसी मोर्चा  देखी डराएर भाग्न थालेको छ ।उनले थप प्रस्ट पार्दै  भने, ‘लाखौं लाख नेपाली जनतालाई  नदेख्ने काङ्रेस खाली   दुइ चार जना विदेशी दलाल उफ्रिएको देख्छ ।’

Advertisements

विगतमा कांग्रेसले कम्युनिष्ट आयो भने बुढाबुढीलाई गोली ठोक्छ, कांग्रेसले मात्र  विकास गर्छ भनेर ढाँट्ने गरेको भन्दै पूर्व प्रधानमनत्री समेत रहेका ओलीले अब कांग्रेसले विकास गर्छ भन्यो भने कसैले पत्याउँदैन ।’एमालेको जितलार्इ कसैले रोक्न नसक्ने भन्दै  दुइ दुइ पट्क बहुमत ल्याएर पनि केहि गर्न नसकेको काङ्रेसलाई बहुमत दिएर बाँदरको हातमा नरिबल  के गर्नु ? भन्दै उनले प्रश्न गरे।’

LEAVE A REPLY